मिलेनियम ट्रेकको प्रवद्र्धन टोली सादीखोलामा

पाेखरा | जेठ २८, २०८०

मिलेनियम ट्रेकको प्रवद्र्धन टोली सादीखोलामा

पोखरा:    सहश्राव्दी पदमार्ग(मिलेनियम ट्रेक) को पुन: प्रवद्र्धन एवम् बजारीकरणको लक्ष्यका साथ शुक्रबारदेखि हिडेको टोली आज पदमार्ग क्षेत्रको सादीखोलामा पुगेको छ ।
    

मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सह आयोजना एवम् प्रवद्र्धनमा सात दिने कार्यक्रमका साथ हिडेको टोलीले शुक्रबार तनहुँको दुलेगौडाबाट आफ्नो यात्रा सुरु गरेको थियो ।
    

शुक्रबार पदमार्ग क्षेत्रका धार्मिक पर्यटकीय स्थल ढोरबराह मन्दिर, ऐतिहासिक ढोरमूलकोट दरबार क्षेत्रको स्थलगत अवलोकन गरेको टोली साँझ रजस्थल सामुदायिक होमस्टेमा बसी होमस्टे सञ्चालक एवम् सरोकारवालासँग अन्तरक्रिया गरेको थियो ।
    

शनिबार बिहान रजस्थलबाट दोस्रो दिनको यात्रा थालेको टोलीले शुक्लागण्डकी नगरपालिका वडा नं १२मा  निर्माणाधिन तमु हिल पार्कको अवलोकनसँगै सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । उक्त अवसरमा तमु हिल पार्क निर्माण समितिका सचिव डम्बरसिंह गुरुङ, गजबहादुर गुरुङ लगायतसँग छलफल एवम् अन्तरक्रिया गरिएको थियो ।
    

टोलीले ढोर लामागाउँ सामुदायिक होमस्टेमा पुगी उक्त होमस्टेकी अध्यक्ष उमा गुरुङ, शुक्लागण्डकी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतसँग अन्तरक्रिया गरेको थियो । टोलीले उक्त वडाकै मिलेनियम होमस्टेका अध्यक्ष कोपिला गुरुङ र घरेडी होस्टेका अध्यक्ष ठूलमाया गुरुङसँग पनि अन्तरक्रिया गरेको थियो । टोलीले आजै पदमार्ग क्षेत्रको मिलेनियम गुफा अवलोकन एवम् पुतलीबजार नगरपालिका वडा नं ७ स्थित सादी खोलामा त्यहाँका स्थानीयसँग पनि अन्तरक्रिया गरेको छ ।
    

अन्तरक्रियामा पुतलीबजार नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णबहादुर आले, टोल विकास संस्थाका अध्यक्ष सुकबहादुर थापा, आमा समुहका अध्यक्ष रेममाया थापा लगायतसँग अन्त्रक्रिया गरेको छ ।
    

कार्यक्रममा मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले सुस्ताएको मिलेनियम टे«कको पुनः जागरण एवम् प्रवद्र्धनको लक्ष्यका साथ आँफूहरू आइपुगेको बताउनुभयो ।
    

सहप्रा.डा.रामजी पोखरेलले होमस्टे सञ्चालनले रोजगारी समेत सिर्जना गर्ने बताउँदै मिलेनियम ट्रेकमा अधिकतम पर्यटक ल्याउने वातावरण सिर्जना गर्नु जरुरी रहेकोमा जोड दिनुभयो ।
    

टान गण्डकीका सदस्य दीपकप्रसाद सापकोटाले मिलेनियम ट्रेकको प्रवद्र्धनमा टानले सहयोग गर्ने बताउँदै मोटरबाटोका नाममा जथाभावी बाटो खोल्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    

पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले पदमार्ग क्षेत्रमा रहने चराहरू, यहाँको जैविक विविधता बारे अध्ययन भैरहेको बताउँदै ती विषयलाई पुस्तकमा समेट्ने प्रयास भएको धारणा राख्नुभयो ।
    
    
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्